विराटनगर । मर्निङ वाकमा निस्किएकी युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।
मोरङको जहदा गाउँपालिका घर भएकी युवती बाँस घारीमा हात खुट्टा बाँधिएको अवस्थामा हिजो दिउँसो फेला परेकी थिइन् । उनी मङ्गलवार बिहान मर्निङ वाकमा निस्किएकी थिइन् । उनको मुखमा समेत पट्टी बाँधिएको थियो । उनलाई मर्निङवाकमा हिँडेका बेला बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।
अर्धचेत अवस्थामा बाँस घारीमा फेला परेकी युवतीको बयानका अधारमा उनीहरूलाई पक्राउ गरिएको हो । युवती मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी थिइन् ।