भक्तपुरको बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैँ प्रहरीमा उपस्थित भएका छन् ।
मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । एक प्रहरी अधिकारीका अनुसार आफैँले बाबु र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन् ।
खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए।