काठमाडौँ । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।