काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ‘पूर्ण बहादुरको सारंगी’ले लगातार सफलता हात पारेको छ।
शुक्रबार यो चलचित्रले देशभरका ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन मनाउँदै नयाँ इतिहास रचेको छ। यसअघि कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा यति लामो समयसम्म प्रदर्शन जारी राखेको थिएन।
सरोज पौडेल निर्देशित यस चलचित्रले बाबुछोराको मार्मिक सम्बन्धलाई पर्दामा उतारेको छ। विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, बाल कलाकार स्वयं केसीलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन महेश दवाडीले लेलेका हुन्।