काठमाडौं। शुक्रबारबाट तीनकुनेमा अवस्थित इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी एक्स्पो २०२४’ को सुरुवात भएको छ। कलेजले ‘एजुकेशन फर इन्डष्ट्री’ भन्ने उदेश्यका साथ एक्स्पोको आयोजना गरेको हो।
एक्स्पोमा विभिन्न स्टलहरु राखिएको थियो, जसमा विद्यार्थीहरुले आफैंले तयार पारेको साइफर र्याट, एआई एज प्रिडिक्सन सिस्टम, सिएनसि प्लोटर, लाइन फलोइङ रोवर्ट, ह्यान्ड फ्रि गेमिङ्, करियर भिजन जेनेरेटर, साइन ल्याङ्ग्वेजलगायत प्रदर्शनीमा राखिएको थियो।
एक्स्पोको अवलोकनमा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलगायत पनि पुगेका थिए।
आईएसएमटी कलेजका प्रिन्सिपल ध्रुबबाबु जोशीले सरकारले नेपालमा के कारणले आईटी इण्डष्ट्री फष्टाउन नसकेको बताएका छन्। उनले यससम्बन्धी आवश्यक नीति बनाई ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाल भित्र्याएर विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न जोड दिए।
साथै उक्त आईएसएमटी एक्स्पोले कलेजमा विद्यार्थीहरुले सिकेको सिकाईलाई व्यवहारमा लागू गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको थियो। भोलिसम्म सञ्चालन हुने एक्स्पोको अवलोकनमा पुगेका नेपाली कांग्रेसका नेता कोइरालाले आईटी विधामा आईएसएमटी कलेजले राम्रो गरिरहेको र यसले आईटीका विद्यार्थीहरुले नेपालको भविष्य सुरक्षित राख्नेमा विश्वस्त रहेको बताए।
यस्तै, एकीकृत समाजवादी पार्टीकी नेतृ झाँक्रीले पनि नेपालमा आईटी क्षेत्रको सम्भावना प्रवल रहेको बताइन्। ‘नेपालमा काम गर्ने बतातावरण नै छैन’ भन्ने नकारात्मकता फैल्याउने भाष्यलाई यसले चिर्ने उनको भनाई थियो।
एक्स्पोको अवलोकनमा ह्वाइट हाउसलगायत अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।