महराविरुद्धको मुद्दामा बहस सकियो, केही बेरमै फैसला आउँदै

काठमाडौँ : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए ।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । केहीबेरमै फैसला आउने सम्भावना रहेको महराका वकिल मुरारी सापकोटाले बताए।