कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

काठमाडौँ : चीनको वुहानबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ । शनिबारसम्ममा यो भाइरसबाट एक हजार ६ सय ६९ को मृत्यु भइसकेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ । अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ । त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक९एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ । फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ।