प्रदीप, आँचल, साम्राज्ञीदेखि शिल्पासम्म फेशन शोमा

प्रदीप, आँचल, साम्राज्ञीदेखि शिल्पासम्म फेशन शोमा

काठमाडौं । शनिबार बेलुका बाहिरको मौसम निकै चिसो थियो । तर दरबारमार्गस्थित याक एण्ड यति होटलमा मुख्य हल भने बातानुकुलितका कारण न्यानो थियो । अझ नेपाली चलचित्रका विभिन्न अभिनेता अभिनेत्रीदेखि मोडलहरु छरिता र आकर्षक पहिरनमा सजिएर र्‍याम्पमा उत्रँदा त्यहाँको माहौल तात्दै गयो । यो क्याटवाकको क्रमले अबेर रातमा मात्र विश्राम लिएको थियो ।

त्यहाँ ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करण आयोजना गरिएको थियो । फेशन शोमा विभिन्न पहिरनमा सजिएर अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के मञ्चमा उत्रँदा यी कलाकारका प्रसंसकले निरन्तर तालीले साथ दिए ।

मुलुकका विभिन्न चर्चित डिजाइनरले तयार गरेका नयाँ डिजाईनका पहिरनमा सजिएर यी अभिनेता अभिनेत्री ¥याम्पमा उत्रिएका हुन् । आयोजक टिमले यी अभिनेता अभिनेत्रीहरुलाई फेसन सोमा शोइस टपरको रुपमा उतारेको थियो ।

विभिन्न फेशन डिजाईनर तथा ब्रान्डले तयार गरेको पहिरनहरुलाई समेटेर विगत झै यसपटक पनि ग्लाम नेपाल इन्टरनेसनल फेशन शो आयोजना गरिएको थियो । यो कार्यक्रमलाई प्रारम्भ प्रोडक्सनको आयोजना गरेको थियो । यो फेसन शोमा शोईस टपर कलाकार बाहेक पुरुष र महिला गरेर ३० जना मोडलहरु बिभिन्न नयाँ पहिरनका सजिएर र्याम्पमा क्याटवाक गर्दै उत्रिएका थिए ।

यो फेसन शो बिभिन्न ९ सिक्वेलमा प्रस्तुत गरिएको थियो । सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, स्वयंम गुरुङ, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाहलगायतका डिजाइनले तयार गरेका आकर्षक र नबिनतम पहिरनलाई विभिन्न मोडलले यो फेशन शोमा र्‍याम्पमा प्रस्तुत गरे ।

करिब तीन घन्टासम्म चलेको यो फेसन शोको हरेक सिक्वेन्समा एक एक जना डिजाईनर तथा एक कम्पनीले तयार गरेको डिजाईन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारसँगै फेशन पारखी पनि पुगेका थिए ।

आयोजक संस्था प्रारम्भ प्रोडक्सनका फाउन्डरका निर्देशक पवन आचार्यले नयाँ र आकर्षक पहिरनको ’boutमा फेसन प्रेमीलाई जानकारी दिन यो फेशन शो आयोजना गरिएको बताए । यो फेसन शोको अर्को उदेश्य फेशन डिजाइनरलाई प्रोत्साहन गर्नु पनि रहेको उनले जानकारी गराए । आफुहरुले बिगत चार वर्षदेखि यो फेशन शो आयोजना गर्दै आएको पनि उनले बताए ।

कार्यक्रममा पवन आचार्यले भने,‘नेपालमा प्रचलित विभिन्न ब्रान्डहरुले के के नयाँ डिजाईनका पहिरनहरु बजारमा ल्याएका छन भन्ने जानकारी दिनको लागि समेत यो कार्यक्रम उपयोगी बनेको छ ।’ डिजाईनहरुले नयाँ शैलीका कस्ता डिजाईनका पहिरनहरु तयार गरेका छन भन्ने’bout जानकारी दिन पनि यो फेशन सो सफल भएको पनि उनले बताए ।