पत्रकार सम्मेलनमा अल्लु अर्जुनले माफी मागे

पत्रकार सम्मेलनमा अल्लु अर्जुनले माफी मागे

मुम्बई। एकरात प्रहरी हिरासतमा बसेर जमानतमा बाहिर आएका दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफू निर्दोष रहेको बताएका छन्।

केही दिन अधि दक्षिण भारतको सन्ध्या थिएटरमा आफ्नो चलचित्र पुष्पा २ हेर्न परिवारसँग उनी जाँदा त्यहाँ उनलाई हेर्न आउने शुभचिन्तकहरुबीच भागदौड भएको थियो। सो भागदौडमा एकजना महिलाको ज्यान गएको थियो।

सो महिलाको ज्यान उनले लिएको आरोपलाई अल्लु अर्जुनलाई जिल्ला अदालतले १४ दिन थुनामा राखेर अनुसन्धान गर्न बिहिबार पक्राउ गरेको थियो। शुक्रबार रिहा भएसँगै अल्लु अर्जुनले पत्रकार सम्मेलन आयोजना गर्दै आफू यो प्रकरणमा निर्दोष भएको बताएका छन्।

अल्लु अर्जुनले ती मृतकको परिवारसँग माफी मागेका छन्। आफू हिरासतमा बस्दा ती महिलाको पीडाले रातभरी नसुतेको पनि उनले खुलाए। यस क्रममा उनले आफ्ना प्रसंसकहरुलाई पुष्पा २ प्रति साथ दिएको भन्दै धन्यवाद ज्ञापन पनि गरेका छन्।

‘यो सबै दुर्घटना थियो। म मेरो परिवारसँग चलचित्र हेर्न थिएटर गएको थिएँ। यो घटना बाहिर भएको रहेछ र मलाई पछि मात्र जानकारी भयो।’ उनले पत्रकार सम्मेलनका क्रममा भने,‘यो घटनासँग मेरो प्रत्यक्ष सम्बन्ध छैन। म पूर्ण रूपमा मृतक महिलाको परिवारको साथमा छु, म उनीहरूलाई सम्भव भएसम्म मद्दत गर्नेछु ।’ उनले यस अघि नै मृतकको परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरिसकेका छन्।

अल्लु अर्जुनले विगत २० वर्षमा ३० भन्दा बढी त्यो चलचित्र घरमा चलचित्र हेर्न गएको पनि बताए। आजसम्म यस्तो कहिल्यै नभएको जनाउँदै यो घटनाबाट आफू धेरै दुखी भएको पनि उनले बताए।

अल्लु अर्जुनका बुवा एवम् अग्रज चलचित्रकर्मी अल्लु अरविन्दले पनि सो घटनाप्रति समवेदना प्रकट गरे । यो घटनामा छोरा अन्जान रहेको र छोराले आफु सो चलचित्र घरमा चलचित्र हेर्न जाने’ एक दिन अघि नै प्रहरीलाई जानकारी गराउँदै सुरक्षाको व्यबस्था गर्न पनि अनुरोध गरेको वुवाले जानकारी गराए।

अल्लु अर्जुनको यो मुद्ध यतिबेला जिल्लाबाट उच्च अदालत पुगेको छ । यस विषयमा बहस जारी रहेको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन्।