काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई हराउँदै काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ ।
कीर्तिपुरका त्रिवि मैदानमा आईतबार भएको रोमाञ्चक खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठामान्डुले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो ।
जितसँगै ८ अंक भएको काठमान्डु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान ८ अंक भएको कर्णाली चौथो स्थानमा छ । ८ अंक नै भएको चितवन तेस्रो स्थानमा छ । ११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभरमा पूरा गर्यो ।