मुम्बई । अभिनेत्री साई पल्लवी चलचित्र रामायणमा सीताको भूमिकामा अनुबन्धित भएकी छिन् । यो चलचित्रको छायांकन समेत सुरु भईसकेको छ । यो चलचित्रमा रामको भूमिकामा अभिनेता रणवीर कपुर र सिताको भूमिकामा अभिनेत्री साई पल्लवी रहेकी छिन् ।
यो चलचित्रमा सिताको रुपमा अनुबन्धित भएकी अभिनेत्री पल्लवी साकाहारी हुन् । पछिल्लो समय आफु साकाहारी बनेको उनले बताएकी छिन् । यी अभिनेत्रीलाई यतिबेला भने मनै देखि साकाहारी बन्न मन लागेको हो । चलचित्रको छायांकन सुरु हुन अघिबाटै आफु साकाहारी भएको पनि यी अभिनेत्रीले खुलाएकी पछन् ।
यतिमात्र हैन, चलचित्रको छायांकनको क्रममा छायांकन स्थलमा आफुले देख्नेगरी माछामासु नखाईदिन पनि उनले अरुलाई अनुरोध गरेकी थिइन् । उनको त्यो अुनरोधलाई अरुले पनि मानेका छन् । आफु सिताको भूमिकामा रहेको र चलचित्र रामायणको छायांकन गरिरहेको बेला मंसहारी हुनु राम्रो नभएको पनि यी अभिनेत्रीको कथन छ ।
अभिनेत्री पल्लवी मंसहारी रहेको र चलचित्रको छायांकनको क्रममा उनले मासु खाएको भन्ने गसिफ समाचार समेत आएको थियो । एउटा तमिल समाचार पोर्टलले उनको ’boutमा यस्तो समाचार प्रकाशन गरेको थियो । उनले त्यो समाचारको खण्डन गरेकी छिन् । आफुसँग यो चलचित्रको लागि छायांकनको क्रममा खाना बनाउने भान्से समेत साकाहारीरहेको पनि उनले बताएकी छिन् ।
यो चलचित्रलाई दंगल चलचित्रका निर्देशक नितेश तिवारीले निर्देशन गरिरहेका छन् । मेगा बजेटको यो चलचित्रको विभिन्न चरणमा छायांकन हुने भएको छ । चलचित्रको पहिलो चरणको छायांकन अहिले जारी रहेको निर्देशक तिवारीले बताएका छन् ।