जापान पठाइदिने भन्दै १० लाख ठगी

जापान पठाइदिने भन्दै १० लाख ठगी

काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चनलाई गएको मंगलबार पक्राउ गरिएको हो ।विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।