काठमाडौँ । नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।
कर्णाली याक्सविरूद्ध टस जितेर ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनायो। पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल र विपिन खत्री १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले, नारायण जोशी र आकाश चन्दले समान एक एक रन बनाए।
कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।
पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।