श्रमिकको पारिश्रमिक ३९ प्रतिशत बढ्यो

श्रमिकको पारिश्रमिक ३९ प्रतिशत बढ्यो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले वृद्धि भएको बताएका छन् । सरकारको २ वर्षको उपलब्धीबारे सशनिबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले श्रमिकको तलब वृद्धि भएको बताएका हुन् । खुद ज्याला महंगीको अनुपातभन्दा माथि भएकाले केही हदसम्म बचत गर्नसक्ने अवस्था भएको पनि उनले बताए ।


त्यस्तै, प्रधानमन्त्री ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी पनि गरे । उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए ।“श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,” उनले भने ।