लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ५९ बलमा ९५ रनमा आउट भए ।

उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए । लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे ।

बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।