एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन्। अहिले एनपिएलमा सट्टेबाजी तथा बेटिङ जस्ता आपराधिक क्रियाकलाप हुने भन्दै सिआइबीले कीर्तिपुरमा प्रहरी परिचालन गरेको थियो। त्यसक्रममा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। 

यसअघि पक्राउ परेका सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार छन्। उनीहरूले स्पोर्ट्स बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपमार्फत कारोबार गरेको फेला परेको थियो।

सिआइबीले उनीहरूमाथि सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको हो। पछिल्लो समय एनपिएलमा बेटिङको प्रचारप्रसार गरेको भन्‍दै आलोचना हुँदै आएको छ