फेस अफ क्लासिक डाइमन्डमा पूर्णिमाले चुमिन उपाधि

फेस अफ क्लासिक डाइमन्डमा पूर्णिमाले चुमिन उपाधि

काठमाडौं । पाँचौ सिजनको ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को उपाधि पूर्णिका सिजापतिले जितेकी छिन् । आईतबार बेलुका सम्पन्न सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ नगद पनि तिजेकी छिन् । पूर्णिमाले उपाधिसँगै एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेकी छिन् ।

बिगत एक दशकदेखि क्लासिक डाइमन्ड ज्वेलर्सले फेशन शो आयोजना गर्दै आएको छ । यो प्रतियोगितालाई मोडलिङमा करियर बनाउने पायोनियर प्रतियोगिताको रुपमा प्रतियोगीहरुले लिने गरेका छन् ।

यसै क्रममा फेशन शोको लागि मोडल चयन गर्ने क्रममा सो ज्वेलर्सले बिगत आधादशकदेखि ‘फेस अफ क्लासिक डाईमन्ड’ आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा फेस अफ क्लासिक डाइमन्डको पाँचौँ सिजनको उपाधि पूर्णिमाले चुमेकी हुन् । देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगिताको फाईनलमा उतारिएको थियो । उनीहरूमध्ये उत्कृष्ट पाँचबीच फाइनल चरणको प्रतिस्पर्धाबाट विजेताहरू घोषणा गरिएको हो ।

सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि स्मृति श्रेष्ठले जितिन् । उनले उपाधिसँगै एक लाख रुपैयाँ पनि प्राप्त गरेकी छिन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट क्याटवाकको उपाधि पनि जितिन् । यसपटकको प्रतिस्पर्धामा अमेरिकाबाट समेत नेपाली युवतहरु नेपाल आएर प्रतिस्पर्धामा सहभागी भएका थिए ।

यस्तै सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । उनले सेकेन्ड रनरअपको उपाधिसहित ५० हजार रुपैयाँ हाँसिल गरेकी छिन् । विभिन्न शिर्षकमा मोडलहरुबीच भएको प्रतिस्पर्धामा सुबुना थापाले ‘मोस्ट पपुलर ब्राईडल’को उपाधि हाँसिल गरेकी छिन् । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउने आयोजक पक्षले जनाएको छ ।

पाँचौ सिजनको फेस अफ क्लासिक डाइमन्ड २०२४ को ग्रान्ड फिनालेको निर्णायकमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी रेहान शाहले गरेका थिए ।

क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले नेपाली मोडलिङको विकास र विस्तारको लागि आफुहरुले लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताए,‘यो प्रतियोगिताले नेपालका फेशन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्राउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन योगदान पु¥याउँदै आएको छ । यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लाम, र मुना गौचनजस्ता प्रतिभाहरूले यो प्रतियोगिताबाट आफ्नो करियरलाई उच्च स्थानमा पु¥याएका हुन् ।’

प्रतियोगिताले नेपाली मोडलिङ क्षेत्रलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउने उद्देश्य राख्ने पनि महर्जनले बताए । उनका अनुसार यो प्रतियोगिताको बिजेताले मुम्बईमा गएर मोडलिङ क्षेत्रमा केही समय काम गर्ने अबसर पनि प्राप्त गर्नेछन् । यस्तै विभिन्न अन्तराष्ट्रिय मोडलिङ प्रतियोगितामा पनि बिजेताले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छन् ।

यता क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना गर्दैछ । उक्त ग्रान्ड फेशन शोमा फेस अफ क्लासिक डाईमन्डका बिजेत, उपविजेता तथा प्रतियोगीहरुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेलिब्रेटीसँग ¥याम्पमा क्याटवाक गर्नेछन् । सोही कार्यक्रममा यी विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिने महर्जनले राजधानीलाई बताए ।