काठमाडौँ । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास गरिएको छ । व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए ।
भाटभटेनी समूह र लिटिल एन्जल्स समूहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन् । यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ ।
होटल संचलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ ।
होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन् ।