काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोड ११ लाख ६७ हजार ९५ रुपैयाँ रकम जम्मा भएको छ ।
गत असोजमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशैभर ठूलो जनधनको क्षति गरेपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । त्यसपछि कोषमा व्यक्ति, संघसंस्था र सरकारी निकायले रकम जम्मा गर्दै आएका छन् । अहिलेसम्म ९६ भन्दा बढी संघसंस्था तथा व्यक्तिले कोषमा रकम जम्मा गरेका छन् ।
०८१ असार मसान्तसम्म कोषमा एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ रहेको थियो ।