मोदी सरकारलाई हराउदै आम आदमी पार्टी (आप) चुनावमा विजय

मोदी सरकारलाई हराउदै आम आदमी पार्टी (आप) चुनावमा विजय

दिल्ली : मोदी सरकारलाई हराउदै आम आदमी पार्टी (आप) दिल्ली चुनावमा विजय भएको छ । भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५३ सीटमा विजय भएको छ भने अझै नौ सीटमा अग्रता लिएको छ ।

कुल ७० सीटको विधान सभामा आपले ५३ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ । दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो ।