काठमाडौं । आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडानको लागी नेपाल एयरलाइन्सले तालिका परिवर्तन गरेको छ । भोलि शुक्रबार अर्थात (कात्तिक २३) गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरीएको नेपाल एयरलाइन्सले जनाएको छ ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द हुँदैछ । योसँगै नेपाल एयरलाइन्सले काठमाडौं–नारिताको राति ११:५० को उडानलाई ९:१५ बजे सारेको छ ।
त्यस्तै ११ बजेको काठमाडौं–दोहाको उडान ९:३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ । त्यसैगरी काठमाडौं–दुबईको राति ११:१५ को उडान परिवर्तन गरेर ९:३५ मा तय गरिएको एयरलाइन्सले जनाएको छ ।
यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौंबाट अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११:२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो । अब ९:२५ मा आइपुग्ने एयरलाइन्सले जनाएको छ ।