काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला फुटबल टोलीलाई बालुवाटार बोलाएका छन् ।
बिहान ११ बजे फुटबल टीम र अफिसियललाई लञ्चसहित बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साफ च्याम्पियनसिपको बुधबारको फाइनलमा नेपाल बंगलादेशसंग २-१ गोलले पराजित भएको थियो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनको बाबजुद नेपाली टोली उपाधिको इतिहास रच्नबाट वञ्चित भयो ।