जनकपुर : प्रदेश २ का सांसदले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । गत आर्थिक बर्ष २०७५ र ७६ मा सम्पन्न भएका योजनाको रकम अहिलेसम्म भुक्तानी नभएको विरोधमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ताला लगाउने निर्णय गरेको हो।
प्रतिपक्षी नेकपा र कांग्रेसका साथै सत्तारुढ समाजवादी र राजपाका समेत सांसदहरुको सहभागिता रहेको बैठकले सरकारलाई अल्टिमेटम दिने तय गरेको छ । भुक्तानी हुन बाँकी योजनाको रकम उपलब्ध गराइदिन मुख्यमन्त्रीलाई ज्ञापन बुझाउने तयारी गरिएको राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’ले बताए ।