सारिका र भाग्यश्री भए किड क्विन नेपाल

सारिका र भाग्यश्री भए किड क्विन नेपाल

काठमाडौं । नेप्लिज फेसन होमद्धारा काठमाडौंको नाचघरमा आयोजित किड क्विन नेपाल २०२४ को उपाधि काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला (सिनियर) र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का (जुनियर) ले हाँसिल गरेका छन् । जसमा ३९ जना प्रतिस्पर्धी थिए ।

यस्तै फस्ट रनरअपको उपाधि काठमाडौं भ्याली स्कुलकी जेशिका श्रेष्ठ र सभ्यता पाठ्शाला, रानीवनकि काभ्या शिवाकोटी (जुनियर)ले, सेकेन्ड रनरअपको उपाधि मेधा सेकेन्डरी स्कुल, भक्तपुरकी सृष्टी रञ्जितकार र हिमालय वल्द्रफ स्कुल, रानीवनकी अज्ना आचार्य (जुनियर) हाँसिल गरे । एभरेस्ट किड्स स्कुलकि सुधिक्षा श्रेष्ठ (जुनियर) थर्ड रनर्सअप भईन् । कार्यक्रममा बिजेताले २५ हजार, फस्ट रनर अपले १५ हजार र सेकेन्ड रनरअपले १० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।

कलाकार मदनदास श्रेष्ठको सभापतित्व सम्पन्न सो कार्यक्रममा परी श्रेष्ठ मिस ट्यालेन्ट, शिभ्याना सिंह मिस ट्यालेन्ट फस्ट रनर्सअप, पलिस्था महर्जन मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप, हृदयानी नगरकोटी र सफलता श्रेष्ठ सोसियल वेल्फर एम्बेसडर चिफ, सुमन महर्जन सोसियल वेल्फेयर एम्बेसडर फस्ट रनरर्सअप, हन्सिका महर्जन सोसियल वेल्फेयर एम्बेसडर सेकेन्ड रनर्सअप, सुधा तमाङ पब्लिक च्वाईस, जियाना रसाइली पब्लिक च्वाईस फस्ट रनर्सअप र मिस एलिगेन्ट, सोनिशा अधिकारी बेस्ट ड्रेस, युनिशा गोदार मिस डिसिप्लिन, सुवाना लोहनी मिस पर्सनालिटी, शृशा श्रेष्ठ मिस कल्चर, युनिका टेवा बेस्ट हेयर घोषित भए ।

यस्तै रितु लोहनी बेस्ट स्किन, रचेल कटुवाल बेस्ट स्माइल, प्रान्जु श्रेष्ठ मिस चार्मिङ, सिचु महर्जन मिस क्याटवाक, नासिका ठकुरी मिस फ्रेन्डसिप, अनन्या खड्का मिस कन्फिडेन्ट, सबिता केसी बेस्ट स्कलर, एन्जलिना नगरकोटि मिस स्पन्ट्यानियस, प्रान्शी अधिकारी मिस प्रोग्रेस्सिभ, रुमि शाही मिस क्युट र तिसा महर्जन मिस इनोसेन्ट उप उपाधि विजेता भएका छन् ।

‘आजको साना नानीहरु भोलिको परिवार समाज अनि देशको भबिस्य हो, त्यसैले उनीहरुलाई आजैदेखि जिम्मेवार बनाउन सिकाउनु पर्छ भनेर बिगत डेढ दशकदेखि हामीले यो प्रतियोगिता गर्दै आएका छौं ।’ आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा भनिन् ।