नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइन बुकिङ रद्द

नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइन बुकिङ रद्द

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघएन्फाले बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने जनाएको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।

टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।

भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।