काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले (भोलि) मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आईजीपीबारे चर्चा सुरु भएको छ । नयाँ आईजीपी बारे टुङ्गो लगाउन आजै प्रधानमन्त्रीइले मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।
दिउँसो १ बजेकालmागि डाकीएको बैठकमा नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ । महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले अवकाश पाउँदै छन् । बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।
खनालले आफ्नो कार्यकाल बढाउने कोशिस गरेको आरोप लाग्दै आएको छ । खनाल दुई वर्षअघि २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बन्नुभएको थियो । नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।