काठमाडाैं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल शुरु भएको छ।
दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा नेपाल र भारतबीचको यो अन्तिम सेमिफाइनल खेल हो ।
घरेलु दर्शकको उपस्थितिले नेपाली खेलाडीहरुमा थपिएको उत्साह र भारतीय टीमको दबाव दुबै नेपाली टीममा छ ।
नेपालले एन्जिला सुब्बाको कप्तानीमा पूजा राना, विमला विक, अम्रिता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, सविता रानामगर र अमिसा कार्कीलाई मैदानमा उतारेको छ ।।