समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो : नेता पौडेल

समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो : नेता पौडेल

चितवन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गर्नुभयो ।
उहाँले लोकतन्त्रलाई कमजोर बनाउने गरी प्रदेश सरकारले गरेको निर्णयमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताउनुभयो ।