अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना

अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना

काठमाडौं । नेपाली चलचित्र अन्तराष्ट्रिय ओटीटी प्लेटफर्म ‘अमेजन प्राईम भिडियो’ मा छनौट हुन निकै गाह्रो छ । यो प्लेटफर्ममा सैयौं नेपाली चलचित्रले कोशिश गर्दा पनि चयन भएका छैनन् । तर पछिल्लो नेपाली चलचित्र ‘अनौठो तिर्सना’ अमेजन प्राईम भिडियोबाट रिलिज भएको छ । यो चलचित्रलाई अमेजन प्राइमले अमेरिका, बेलायत र जर्मनीको टेरिटोरीका दर्शकहरुका लागि रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा श्रृष्टि खड्का, महेश दवाडी, विजय बराल, विकाश लामिछाने, देशभक्त खनाल, एलिशा शर्मालगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको निर्माण नेपाल र सिक्किमबाट गरिएको हो । चलचित्रलाई विभिन्न अन्तराष्ट्रिय महोत्सबमा पनि सहभागी भईरहेको छ । योसँगै अन्तराष्ट्रिय ओटिटी प्लेटफर्म अमेजन प्राईम भिडियाबाट यतिबेला रिलिज गरिएको हो ।

स्टोर्मक्रो प्रोडक्सन र स्टोर्मक्रो फ्रेमवर्कको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा बाबुराम निरौलले लेखेका हुन् । फरक फरक परिवारको कथामा निर्माण गरिएको यो चलचित्र अब नेपालमा रिलिज गरिने यसका निर्देशक निराजन प्रधानले बताएका छन् ।

नेपाली चलचित्र प्राईभ भिडियो जस्तो अन्तराष्ट्रिय क्षेत्रकै उच्च ओटिटी प्लेटफर्ममा रिलिज भएकोमा यसका कलाकारले खुसी व्यक्त गरेका छन्,‘नेपाली चलचित्र अमेजन प्राईम भिडियो जस्तो ओटिटीमा रिलिज हुनु हामी नेपाली कलाकारको लागि सुखद पक्ष हो । त्यहाका दर्शकहरुले चलचित्र निकै मन परेको प्रतिक्रिया दिईरहनु भएको छ ।’ अभिनेत्री सृष्टी खड्काले राजधानीसँग भनिन् ।

निर्देशक निराजनले पनि अमेजन प्राईमबाट आफ्नो चलचित्र रिलिज भएकोमा खुसी व्यक्त गर्दै अब चाँडै नै नेपालमा रिलिजको लागि मिति घोषणा गर्ने पनि उनले बताएका छन् ।