नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब १७ करोड

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब १७ करोड

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८८ अंकले बढेर २५६५ दशमलव ८१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१४ कम्पनीका ५३ हजार ६ सय ७८ पटकको कारोबारमा १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६ सय १९ रुपैयाँ रहेको छ ।

१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा निर्माण कम्पनी सर्वाधिक बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।