दश दिनमा कति कमायो ‘ज्वाइँ साब’ले ?

दश दिनमा कति कमायो ‘ज्वाइँ साब’ले ?

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ले सिनेमाको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । दश दिनमा यो चलचित्रले ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

“हाम्रो चलचित्रले दश दिनमा ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हरेक दिन कलेक्सन बढिरहेको छ,” निर्देशक वसन्त निरौलाले भने । सुरुमा उत्साहजनक शो पाएको सिनेमाले दर्शक नपाएपछि शो घटेको थियो । तर वर्डअफ माउथ राम्रो हुँदा पुनः शो थपिँदै गएको उनले बताए । 

“शो पुनः थपिँदैछ । सुरुमा धनगढीमा हाम्रो सिनेमा लागेको थिएन । अहिले त्यहाँको हलले पनि लगाएको छ,” उनले भने, “दाङ र नेपालगन्जमा पनि शो थपिएका छन् ।” सिनेमा हेर्ने दर्शकले राम्रो भनेकाले शो थपिँदै गएको उनको भनाइ छ । असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेममा तिहारसम्म मजाले चल्ने निर्देशकको विश्वाु तछ । 

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।