सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

नजिकिँदो अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने अनिश्चित वातावरण तथा मध्यपूर्वको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।