जहाजमा आगलागी हुँदा आठजनाको मृत्यु

जहाजमा आगलागी हुँदा आठजनाको मृत्यु

काठमाडौं । दक्षिणी म्यानमारको तानिन्थाई क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । एक जना बेपत्ता भएको समाचारमा उल्लेख छ । 

मृत्यु हुनेमा सात पुरुष र एक महिला छन् । घाइते हुनेमा दुई पुरुष र एक महिला छन् । बेपत्ता हुनेमा पुरुष रहेको बताइएको छ ।
 
तानिन्थाई क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्यांकरले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जनाएको छ ।