सिन्धुपाल्चोक : गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन्। उनले ती शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए। ‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु।