विकृति, विसंगतिको विरोध गर्दा विप्लव कार्यक्रता भनि प्रहरिले हिरासतमा लिए

विकृति, विसंगतिको विरोध गर्दा विप्लव कार्यक्रता भनि प्रहरिले हिरासतमा लिए

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड, एकीकृत स्वतन्त्र कर्मचारी युनियनले आफ्ना अध्यक्ष गोपाल सिंह धामीमाथि गलत आरोप लगाएर पक्राउ तथा धरपकड र घर खानतालसी गरेको भन्दै कडा निन्दा गरेको छ । समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनलको आयोजना गरेर अध्यक्ष धामीमाथि लगाईएका आरोपलाई चिर्नको लागि सञ्चारकर्मी तथा मानव अधिकारकर्मीहरु सँग सहयोगको अपिल समेत गरेको छ ।

समितिले भनेको छ,‘हाम्रा अध्यक्षमाथि केही समय अगाडिदेखि लगाईएका लाञ्छनामा कुनै सत्यता छैन् । आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिँदै गर्दा अन्य युनियनका साथीहरुले चुनाव हार्ने भयले अत्तालिएर यस्तो प्रपञ्च र षड्यन्त्र रचेका हुन भन्ने हाम्रो समितिको निश्कर्ष छ । उहाँमाथि लगाईएका आरोपहरु सबै निराधार र कपोकल्पित हुन् । हामी डटेर सामना गर्छौं ।’शुक्रबार कार्यक्रममा बौल्दै अध्यक्ष धामीले आफूमाथि लगाईएका झुठा आरोप र निराधार लाञ्छानाले मानसिक रुपमा असर परेको गुनासो पोखे ।

धामीले आफूहरुको कुनैपनि राजनीतिक दलसँग आवद्धता नरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो समिति भनेको सबै साथीहरुको पेशागत साझा र स्वतन्त्र युनियन हो । हामी कुनै दलसँग सम्वद्ध नभएकै कारण दुःख दिने काम भयो ।’ आफूहरुले त्यहाँभित्र अनियमितता, अपारदर्शीता, ढिलासुस्तीलगायतका विकृति तथा विसंगतिको विरोध गरेको पनि धामीले सुनाए । उनले आफू काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा कार्यरत भएको सुनाउँदै के.यु.के.एल, एकिकृत स्वतन्त्र कर्मचारी युनियन नामक ट्रेड युनियन नेपाल सरकार, श्रम कार्यालयमा विधिवत रुपमा दर्ता गरी त्यसको नेतृत्व समेत गरिरहेको सुनाए ।