२० अर्ब नवीकरण शुल्क हो भन्ने सञ्चारमन्त्रीमा ज्ञान नहुनु दुखद : उद्योगपति चौधरी

काठमाडौं : सांसद तथा उद्योगपति विनोद चौधरीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई टेलिकम कम्पनीलाई दिइने लाइसेन्सबारे ज्ञान नभएको आरोप लगाएका छन् ।

टेलिकम कम्पनजीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको चौधरीको भनाइ छ । बास्कोटाले बिहीबार सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए ।

त्यसको जवाफमा चौधरीले शुक्रबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘मन्त्रीज्यूको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्ने ज्ञान उहाँलाई नहुनु दुःखद छ ।’उनले सबै भ्रम उपर सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसन उत्सुक रहेको पनि उल्लेख गरेका छन्