अख्तियारविरुद्ध कांग्रेस संसद र सडकमा एकैचोटी आन्दोलित

अख्तियारविरुद्ध कांग्रेस संसद र सडकमा एकैचोटी आन्दोलित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजय गच्छेदार मुछिएपछि संसददेखि सडकसम्मै असन्तुष्टि जनाएको छ । राजनीतिक प्रतिशोधका आधारमा गच्छेदारमाथि मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । शुक्रबार पनि बैठक चल्न नदिने कांग्रेसको निर्णय छ ।

शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदमा विरोधलाई निरन्तरता दिने निर्णय गरेको सचेतक पुष्पा भुषालले बताइन् । संसद कांग्रेस अवरोधका कारण आधा घण्टाका लागि स्थगन भएको छ ।

यता, पार्टीकै निर्देशनअनुसार कांग्रेसका भ्रातृ संस्थाहरु तरुण दल, नेपाल विद्यार्थी संघ माइतीघर मण्डलामा प्रदर्शनका लागि जुटेका छन् । उनीहरुले माइतीघर मण्डलामा विरोध सभा गर्दैछन् ।