शुक्रबारको स‌ंसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्ठगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि विरोधलाई निरन्तरता दिएपछि बैठक स्थगित भएको हो ।

राजनीतिक प्रतिशोधका आधारमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छेदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिहीबार पनि प्रतिनिधसभा बैठक अवरुद्ध गरेको थियो ।

शुक्रबार बैठकमा बोल्दै कांग्रेस सांसद मीन विश्वकर्माले संसद चल्न नसक्ने बताए । शुक्रबार बिहान संसदीय दलको बैठकले पनि संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख अग्नि सापकोटाले संसदको कारबाही अघि बढाउन आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरु उभिएपछि बैठक अघि बढ्न नसकेको हो ।