प्रतिनिधिसभा बैठक सुरु, कांग्रेसले अवरोध गर्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक केही बेरमा अवरुद्ध हुने सम्भावना छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि विरोधलाई निरन्तरता दिने भएपछि बैठक चल्ने सम्भावना कम छ । राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको भन्दै कांग्रेसले बिहीबार प्रतिनिधसभा बैठक अवरुद्ध गरेको थियो ।

शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदमा विरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । अहिले संसदमा कांग्रेस सांसद मिन विश्वकर्मा बोलिरहेका छन् । उनले बोलिसकेपछि कांग्रेसले संसद अघि बढ्न नदिने सचेतक पुष्पा भुसालले बताइन् ।