प्रधानमन्त्रीलाई किन मुद्दा लाग्दैन : उपसभापति गच्छदार

प्रधानमन्त्रीलाई किन मुद्दा लाग्दैन : उपसभापति गच्छदार

काठमाडौँ : ललितानिवास प्रकरणमा मुछिएका काँग्रेसका उप–सभापति बिजय कुमाल गछदारले ललिता निवास प्रकरणमा आँफुहरुलाइ सक्याउनको निम्ति फसाइएको बताएका छन् । उपसभापति गच्छदारले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘लोकतन्त्र खतरामा छ ।

आज मलाई फसाइयो भोलि तपाईंलाई फसाउन सक्छन् । कम्युनिस्ट अधिनायकवाद बिरुद्ध अब हामी सडकमा उत्रनु पर्छ । लोकतन्त्र प्रजातन्त्रको रक्षा काङ्ग्रेस र प्रजातान्त्रिक शक्तिबाहेक कसैले गर्न सक्दैन ।

ललिता निवास प्रकरणमा हामिलाइ सक्याउनको निम्ति फसाइएको हो ।’
उनले ललिता निवासको प्रकरणमा आँफुले हस्ताक्षर गरेकै आधारमा मुद्दा लाग्ने भए त्यो बेलाको प्रधानमन्त्रीलाई किन मुद्दा लाग्दैन रु गुनासो पोखेका छन् । उनले भने, ‘म कानुनी रुपमा यो अधिनायकवादी सरकारसँग लड्छु, यो प्रजातन्त्रमाथिको हमला हो ।