अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझाका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्ता पक्राउ

अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझाका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्ता पक्राउ

काठमाडौ : अख्तियार दुरूपयोग अनुसन्धान आयोग अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा केन्द्रीय सदस्य समिक्षा बाँस्कोटा,प्रकाशचन्द्र परियार, नारायण कोइराला लगायत रहेका छन्।

अख्तियारले १ सय ७५ जनाविरूद्ध चलाएको मुद्दाप्रति आपत्ति जनाउँदै साझा पार्टीले सिठी जुलुस निकालेको थियो। नारा र सिठी फुक्दै अख्तियारको निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ।पक्राउ परेका उनीहरूलाई अहिले वृत्तमा राखिएको छ।