कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारू

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारू

सुनसरी। सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ।

यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ। यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो।

आइतबार साँझ सप्तकोशीको जलसतह ३ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड भन्दा तल झरेको केन्द्रले जानकारी दिएको छ। अहिले पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ।

यस बर्ष कोशी ब्यारेजमा पाँच दशकमै सबै भन्दा बढी जलसतह मापन गरिएको छ। आज बिहान जलसतह ६ लाख ६१ हजार क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ।