काठमाडौं। लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।
सप्तकोसी नदीमा यो वर्ष कै उच्च बहाव मापन गरिएको छ। बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ ।
निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ।