प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं। प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि माउन्टेन फ्लाइटहरु रद्द भएका छन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्।

उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिनभर झरी पर्ने सम्भावना रहेको छ।