कोशी ब्यारेजबाट खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्दार

कोशी ब्यारेजबाट खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्दार

विराटनगर। कोशी ब्यारेजबाट सप्तकोशीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्दार गरिएको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको थियो।

नर्सिङ डिलक्सको बसमा सवार १७ जना यात्रुको सकुशल गरिएको प्रहरीले जनाएको छ। बसमा ६ जना महिला, ६ जना पुरुष, २ जना बच्चा र ३ जना चालकदलका सदस्य रहेका थिए।