दिँदा नखानेले राति उठेर कोल नचाट्नू : सञ्‍चारमन्त्री बाँस्कोटा

काठमाडौं : सिजी कम्युनिकेशनको लाइसेन्स खारेज गरिएकोप्रति उद्योगपति विनोद चौधरीले उठाएको प्रश्नमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।

बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रतिपक्षी दलको नेता भएकै कारण प्राविधिक तथा आर्थिक प्रबन्ध तोड्न नसकिने जवाफ सिजी कम्युनिकेशनका मालिक विनोद चौधरीलाई दिएका हुन्।

प्रतिपक्षी हुनासाथ उहाँहरुलाई सम्बोधन गर्न आर्थिक प्रबन्ध र प्राविधिक प्रबन्ध तोडेर दिन सकिँदैनु, उनले भने। एक थरीको लाइसेन्स लिएर अर्कै काम गर्न नमिल्ने उनको तर्क छ। लाइसेन्स एउटा लिने काम अर्को गर्न मिल्दैन, उनले भने, देशभर जाने हो भने युनिफाइड लाइसेन्स २० अर्ब तिरेर लिनुपर्यो, दिँदा नखाने राति उठेर कोल चाट्ने गर्नु भएन। उनले सबैका लागि समान कानुन हुने भन्दै ठूला घराना भएकै कारण छुट दिन नसकिने स्पष्टीकरण दिए।

सिजी मालिका विनोद चौधरीले यदि मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाएमा कतिपय सुविधा निस्शुल्क दिन सक्ने बताएका थिए।तर यसबारेमा सञ्चारमन्त्रीले आश्चर्य व्यक्त गरेका छन्। मोबाइल सेवा निशुल्क दिन्छौँ भनेको सुन्दा अचम्मै लाग्यो, उनले आश्चर्य व्यक्त गर्दै भने, कति दिनलाई निशुल्करु पाँच दिन, सात दिन, एक वर्ष या जीवनभररु निशुल्क भनेको कति समयलाई होरुु निशुल्क सेवा दिने कुरालाई सरकारले स्वागत गर्ने बताएका उनले एउटा व्यवसायिक घरानाका लागि कानुनी रीत तोड्न नसकिने जिकिर गरे। निशुल्को सेवा दिने हो भने झन् धेरै स्वागत छ, बास्कोटाले भने, तर, कर तिरेर या सरकाले केही नलिने गरीरु सिजीले पनि केही नदिने गरी कस्तो खालको निशुल्क हो ?