साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं।  साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १-० गोलको हार बेहोरेको थियो। अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ।