२० वर्षीया युवतीमाथि घाँटी थिचेर बलात्कार, आमाको किरिया बसिरहेका युवक पक्राउ

२० वर्षीया युवतीमाथि घाँटी थिचेर बलात्कार, आमाको किरिया बसिरहेका युवक पक्राउ

डोटी । डोटीमा आमाको किरियामा बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए।

बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ। घटनापछि रैकाल फरार भएका थिए। शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन्।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो। आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।