गच्छदारविरुद्धको मुद्दाबारे छलफल गर्न काँग्रेसको आकस्मिक बैठक

काठमाडौंं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारी बैठक सुरु भएको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछी काँग्रेसले पदाधिकारीको आकस्मिक बैठक डाकेको हो ।

जारी बैठकमा काँग्रेस निकट कानुन व्यवसायीहरुपनि सहभागिछन् । गच्छदारविरुद्धको मद्धाबारे छलफल गर्न कानुन व्यवसायीलाईपनि बोलाइएको बुझीएको छ ।

बैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको छ ।संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाईपनि सहभागी छन् ।