एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक

एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौं । कराँते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।

चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी हुन् । यसअघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन् । उनले प्री–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८–० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।